Logo

Breaking News 1

कुशल मल्लले तोडे लेभिट र ओडाउटको पार्टनरसिप


२२ फाल्गुन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको जारी फाइनल खेलमा नेपालका कुशल मल्लले लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिएका छन् ।

ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए ।

२३ बलको सामना गरेका डाउटले २२ रन जोडे । यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए ।

२९ बलमा लेभिटले ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए । यो समाचार तयार पार्दासम्म नेदरल्यान्डस्ले १०६ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : २७ बजे