Logo

खेलकुद

१६ बलमा २६ रन बनाउँदै आउट भए गुलसन झा


१८ फाल्गुन २०८०, शुक्रबार  

138
Shares

काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा गुलसन झालाई गुमाएको हो ।

चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका हुन् । ७।२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : १३ बजे