Logo

Breaking News 1

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना


१८ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : १८ बजे