Logo

खेलकुद

नामिवियाविरुद्ध दबाबमा नेपाल, कुशल मल्ल ३२ रनमा आउट


१५ फाल्गुन २०८०, मंगलबार  

299
Shares

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नामिवियाविरुद्ध नेपाल दबाबमा परेको छ ।

नेपालले दुवै ओपनरसहित महत्वपुर्ण चार विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कुशल मल्ल आउट भए ।

पहिलो बलमै कुशल भुर्तेल पेबेलियन फर्किएपछि दवावमा परेको नेपालका अर्का ओपनर आशिफ शेख पनि लामो समय टिक्न सकेनन् ।

उनी ६ बल खेल्दा मात्रै ६ रन जोडेर क्याचआउट भए । त्यसपछि कप्तान रोहित पौडेल पनि ४२ रनमा आउट भए ।

नेपाललाई जितका लागि नामिवियाले २०७ रनको विशाल लक्ष्य दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ०८ बजे