Logo

समाचार

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

विराटनगर । ट्रकको ठक्करबाट सुनसरीको इटहरमिा एक युवकको मृत्यु भएको छ ।

आज अपरा्हन भएको दुर्घटनामा स्कुटरमा सवार इटहरी–५ का ३१ वर्षीय रोबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ६५७५ नम्बरको ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसमा सवार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

ट्रक र चालक झापाको अर्जुनधारा–९ का ठाकुरलाल तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ३३ बजे