Logo

खेलकुद

नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडाले २-१ ले जित्यो सिरिज


१० फाल्गुन २०८०, बिहिबार  

161
Shares

काठमाडौं । क्यानडा-११ ले नेपाल ‘ए’ क्रिकेट टिमविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।

तेस्रो तथा निर्णायक खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेलमा क्यानडा तथा दोस्रो खेलमा नेपाल विजयी भएका थिए।

बिहीबार मुलपानी मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ६ विकेटको क्षतिमा ३८.५ ओभरमा पूरा गर्‍यो।

क्यानडाका लागि निकोलास किर्टनले नटआउट ५८ रन जोडे भने आरोन जोनसनले ४२ रन र नवनीत धलिवालले ३८ रन बनाए।

बलिङमा नेपालका शाहब अलामले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन दिए। शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए।

त्यसअघि टस जितेको क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १८१ रनमा अलआउट भयो।

नेपालका लागि ओपनरद्वय आशुतोष घिरैयाले २८ रन र अर्जुन कुमालले २७ रन जोडे।

शेर मल्ल शून्यमा आउट हुँदा कप्तान सन्दीप जोराले २४ रन बनाए।

सुजन थपलिया २० रन, रशिद खान १९ रन तथा रनआउटको सिकार भएका बसिर अमहदले २५ रन जोडे। प्रतिश जिसीले १९ रन जोडे भने हमेन्त धामीले ६ रन, शाहब अलाम ० र सागर ढकालले १ रन मात्र बनाउन सके।

बलिङमा क्यानडाका निकोलास किर्टन, डिलोन हेलिङगर र हर्ष थकेरले २-२ विकेट लिए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ३ : ५८ बजे