Logo

मनोरञ्जन

१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको तयारी


१० फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना गर्ने भएको छ ।

बिहीबार कल्चरल ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फाल्गुन १८ गतेदेखि २७ गते सम्म ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’भन्ने मूल नाराका साथ १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला-२०८० आयोजना गर्न लागेको ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी दिए ।

नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको उनको भनाई छ ।

मेलाले नेपालको पर्यटन र संस्कृति प्रर्वद्धनको क्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएका छन् । महोत्सव काठमाडौं, दाङ्ग, पोखरा र ललितपुर जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा गर्न गइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : ०८ बजे