काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो ।
नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।
प्रतिक्रिया