Logo

खेलकुद

नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया विजयी



काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी भएको छ ।

कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) बर्दियाबिच भएको प्रतियोगितामा बर्दिया एक रनले विजयी भएको हो ।

कर्णालीले टस जितेर फल्डिङ रोजेको थियो । कर्णालीले बर्दियाको लागि १५४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जवाफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभर खल्दै १५५ रन बनाएको थियो । खेलमा प्लेयर अफ दि म्याच बर्दियाका नरेश चौधरी भएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ३३ बजे