Logo

खेलकुद

अन्तर स्कुल क्रिकेट : सरस्वती र सत्यनारायण विजयी



विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण माध्यमिक विद्यालय विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाई ८३ रनबनाएको थियो । जस्मा अविशेक यादवले सर्वाधिक २५ रन बनाए । मदरल्याण्डका विरजल राजवंशीले ४ विकेट लिँदा खेमराज हमालले ३ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याएको मदरल्याण्डले १२ दशमलव ३ बलमा सवै विकेट गुमाई  ३५ रनमा सीमित भयो । मदरल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । सरस्वतीका म्यान अफ द म्याच अविशेक यादवले ४ विकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले महेन्द्र स्कुललाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनाराणले निर्धारित २० ओभरमा ६  विकेट गुमाई १ सय ५छ रनको योगफल तयार पारेको थियो । जस्मा सलमान कामतले सर्वाधिक ४९ रनको योगदान दिए । महेन्द्रका शिभम झाले ४ विकेट लिए ।

१ सय ५६  रनको विजयी लक्ष्य पाएको महेन्द्रले १७ ओभरमा सवै विकेट गुमाई ७३ रनमा सीमित भयो । जस्मा शिभम झाले सर्वाधिक २९ रन बनाए । सत्यनारायणका म्यान अफ म्याच सलमान कामतले ४ विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : २२ बजे