Logo

समाचार

सरकारमाथि गैरसरकारी संस्था महासंघको दबाब



काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले संविधानले प्रत्याभुत गरेका मौलिक हकहरुलाई हरेक तहका नागरिकले प्रत्याभूत गर्नेगरि ऐन निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले तीनै तहका सरकारका एकल तथा साझा कार्यक्रमहरु कार्यान्वयनमा प्रष्ट तथा पर्याप्त कानून नबन्दा अन्यौलता सिर्जना भएको बताएका हुन् ।

गैरसरकारी संस्था महासंघले जारी गरेको विज्ञप्ती पढ्दै उनले राजनीतिक परिवर्तनका लागि दलसँगै अग्रमोर्चामा रहेर नागरिक संगठनहरुले लोकतन्त्र र गणतन्त्रपश्चात पनि पञ्चायत कानूनबाट प्रभावित हुन परिरहेको उल्लेख गरे ।

‘राजनीतिक परिवर्तनका लागि दलसँगै अग्रमोर्चामा रहेर नागरिक संगठनहरुले लोकतन्त्र र गणतन्त्रपश्चात पनि पञ्चायत कानूनबाट प्रभावित हुन परिरहेको तितो यथार्थको भण्डाफोर गर्दै तत्काल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय सन्धि तथा मान्यता र नेपालको संविधानको मौलिक हकको मर्मलाई आत्मसाथ गर्दै नागरिक संघ संगठनमैत्री सापेक्ष कानून निर्माणका लागि जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : ३० बजे