Logo

राजनीति

एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : सचेतक गिरी



काठमाडौं । एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्वपूर्ण भएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफल पश्चात उनले एमालेले गरेका माग र दिएका सुझावहरु सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताए ।

झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको संकल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरु एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरु सरकारका लागि निकै महत्वपूर्ण दस्तावेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : २८ बजे