Logo

खेलकुद

कबड्डी निर्णायक टोली इरान प्रस्थान



काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्री÷टेक्निकल अफिसियल कोर्समा सहभागी हुन ३ सदस्यीय कबड्डी निर्णायक टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ ।

फेब्रुअरी १२ देखि १६ तारिखसम्म हुने कोर्समा कञ्चन्पुरका रमेशचन्द्र ओझा ,सुनसरीका तरुण यादव र झापाकी रेश्माकुमारी राजवंशीले सहभागीता जनाउँदैछन् । 

उनीहरुलाई खुला छनोट विधिबाट उत्कृष्ट निर्णायक छनोट गरी कोर्समा सहभागी गराइएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले बताएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाशकुमार कुसारी, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : १२ बजे