Logo

राजनीति

पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदिप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदिप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् ।

नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासंगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए ।

संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई थियो । कुनैबेला संकटमा रहेको अथतन्त्र माथि उकास्न कांग्रेसले महत्वपूर्ण भूमिको खेलेको पौडेलले बताए ।

२०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाई थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ३१ बजे