Logo

मनोरञ्जन

‘पुष्पा २ : द रुल’को सिक्वेल ‘पुष्पा ३: द रोर’ बन्ने



मुम्बई । साउथ सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’ चाँडै थिएटरमा प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर अल्लूका फ्यान व्यग्र प्रतिक्षामा छन् ।

हाल यो फिल्मको सुटिङ धमाधम भइरहेको छ । केही समय अघिमात्र सुटिङ सेटबाट सार्वजनिक केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सार्वजनिक तस्वीरमा अल्लूलाई निलो साडी लगाएका ‘गंगम्मा थल्ली’ लुक्समा देखिएको थियो ।

अब यो फिल्मको तेस्रो सिक्वेलको तयारीमा निर्माताहरु जोडतोडका साथ लागिरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५९ बजे