Logo

Breaking News 1

रवि लामिछाने भन्छन् – ‘सदनमा घोचपेच बढी भयो’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरु आएको उनले बताएका छन् ।

प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरुलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु गर्न आग्रह गरे ।

उनी अघि केही सांसदले सहकारीको प्रसंगमा लामिछानेको नाम नलिइ दोषीमाथि छानबिन र कारबाहीको माग गरेका थिए । लामिछानेले त्यसमा असन्तुष्टि राखेका हुन् ।

अपराधीहरु वर्षौदेखि सरकार र राजनीति शक्तिकै वरिपरि रहेको भन्दै उनले कारबाही गर्न केले रोक्यो भन्दै सरकारलाई प्रश्न गरे । आरोप प्रत्यारोपको शृंखला बन्द गरेर नीति निर्माणमा दिन उनले आग्रह गरे ।

सरकारले संसदमा दर्ता नगराएका जरुरी संकल्प र महत्वका प्रस्तावहरु कार्यसूचीमै नचढाउने प्रवृत्ति रहेको भन्दै उनले यस्तो नहोस भन्नेमा जोड दिए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : २५ बजे