काठमाडौं । उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बसमा ३७ जना सवार थिए ।
राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए ।
घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुबै गाडी जलेको देखिएको छ ।
घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घटना पनि बढेको छ ।
प्रतिक्रिया