Logo

खेलकुद

गुएना र कंगो अफ्रिका कपको क्वाटरफाइनलमा



काठमाडौं । अफ्रिका कप अफ नेशन्समा गुएना र कंगोले क्वाटरफाइनलमा पुगेका छन् ।
आइतबार राति भएको खेलमा इक्युटोरियल गुएनालाई १–० गोल अन्तरले पराजित गर्दै गुएनाले अन्तिम ८ मा स्थान पक्का गर्दा कंगोले इजिप्टलाई पेनाल्टीमा ८–७ गोल अन्तरले पराजित गगर्यो । यी दुवै टोलीले अन्तिम ८ मा स्थान पक्का गरे ।


इक्युटोरियल गुएना ५५ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । इक्युटोरियल गुएनाका उसका फेडरिको विकोरो रातो कार्ड पाएका थिए । ६९ औं मिनेटमा इमिलियो नासुले गरेको पेनाल्टी प्रहार पनि खेर जाँदा इक्युटोरियल अभागी सावित भयो ।
गुएनाका लागि दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा मोहमद बायोले निर्णायक गोल गर्दै टिमलाई अन्तिम ८ मा पुर्याउन मद्दत गरे ।


यसैगरी अर्को खेलमा कंगोसँग इजिप्ट स्तब्ध भयो । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको थियो । थप गरिएको समयमा पनि गोल नभएपछि पेनाल्टीमा कंगोले ८–७ ले बाजी मारेको थियो । निर्धारित समयको ३७ औं मिनेटमा कंगोका इलिया मिसेचकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा इजिप्टका मोस्तफा मोहमदले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका थिए ।


इजिप्टका मोहमद हमेदी ९७ औं मिनेटमा दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो । त्यसका फाइदा कंगोले उठाउन नसकेपनि पेनाल्टीबाट जित निकाल्न भने सफल भयो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ०२ बजे