Logo

खेलकुद

लालिगाको शीर्ष स्थानमा रियल



काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिड लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लास पालमसलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ । लास पालमसले आफ्नै मैदानमा सुरुआती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा नतिजा रियललाई सुम्पन पुग्यो ।

जेभियर मुनोज जिमेनेजले गोल गर्दै ५३ औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रियलका भिनिसियस जुनिएरले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

८४ औं मिनेटमा ओरेलिन चुवामानीले गोल गर्दै रियललाई २–१ को जित पक्का गराए । रियलसँग पराजित भएको लास पालमस भने तालिकाको नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : ५४ बजे