Logo

खेलकुद

नाइजेरिया क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । नाइजेरियाले अफ्रिका कप अफ नेशन्समा अन्तिम ८ मा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा क्यामरुनमाथि २–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नाइजेरियाको जितमा एडमोला लोकमानले दुवै गोल गरे । ३६ औं मिनेटमा जेम्स ओसिमहेनको पासमा एडमोलाले गोल गर्दै नाइजेरियालाई अग्रता दिलाए ।

९० औं मिनेटमा काल्भिन बेसेको पासमा एडमोलाले नै व्यक्तिगत दोस्रो गोल गर्दै नाइजेरियालाई २–० को जित दिलाउन सफल भए । नाइजेरिया समूह एबाट उप विजेता बन्दै अन्तिम १६ मा पुग्दा क्यामरुन समूह सीबाट अन्तिम १६ मा पुगेको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : ५१ बजे