Logo

राजनीति

सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त छ : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार कुन योजनाबाट धेरै कमिसन आउँछ त्यही योजनालाई मात्र अघि बढाउन तल्लिन रहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकार संस्थागत र नीतिगत भ्रष्टाचारमा लिप्त हुँदै राजनीतिलाई कमाई गर्ने पेसा स्थापित गर्न खोजिएको आरोप लगाए ।

अब हस्तक्षेप गर्ने समय आइसकेको बताउँदै उनले गणतन्त्रको १५ वर्ष राष्ट्रियतालाई कमजोर पार्न प्रयोग भएको उल्लेख गरे । कुनै पनि व्यवस्था आफैंमा साध्य नहुने उनको भनाई थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ०८ बजे