Logo

Breaking News 1

राष्ट्रिय सभा निर्वाचनमा ९९.३२ प्रतिशत मत खस्यो : आयोग



काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ ।

सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहसचिब एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै प्रदेशमा ९९ प्रतिशत माथि मत खसेको हो ।

कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एकसय प्रतिशत र सुदुरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले जानकारी दिए । सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको उनले बताए ।

आयोगका अनुसार बिहीबार बेलुकासम्म परिणाम समेत सार्वजनिक हुनेछ । निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : १९ बजे