Logo

खेलकुद

रामेछापमा राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटीएफ प्रतियोगिता हुँदै



रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटीएफ प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ माघ १९ र २० गते सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा महिलाहरूको ४७ देखि ५५ र पुरुष तर्फ ५० देखि ५७ केजी समूहका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा सातैवटा प्रदेशका साथै विभागीय टिमहरू नेपाल आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिक क्लबले पनि भाग लिने आयोजकले जनाएको छ । नेपाल तेक्वान्दो आइटीएफ रामेछापको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा नं ७ को सहआयोजनामा कार्यक्रम हुन लागेको आयोजक संस्थाका जिल्ला अध्यक्ष धनराज तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष दुवै तर्फका खेलाडीले नगद ५० हजार, ४० हजार र ३० हजार रुपैँया प्राप्त गर्ने छन् । विजेता खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १ : २३ बजे