Logo

Breaking News 1

कालीगण्डकी कोरिडोरको काम धमाधम : सचिव शर्मा



काठमाडौँ । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले कालीगण्डकी कोरिडोरलाई दुईवटा आयोजनामा विभक्त गरेर काम भइरहेको जानकारी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले कालीगण्डकी कोरिडोरलाई दुईवटा आयोजनामा विभक्त गरेर काम भइरहेको भन्दै अबको दुइ वर्षभित्र नारायणघाट गैंडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसक्ने जानकारी दिए ।

उनले भने,‘ कालीगण्डकी कोडोरलाई दुईवटा आयोजनामा विभक्त गरेर काम गरिएको छ । एउटा गैंडाकोटदेखि मालढुङ्गा अर्थात पर्वत र बाग्लुङको सीमा मालढङ्गासम्म हुनेगरी २ सय ४० किलोमिटर । मध्य राम्दी रानीमहलसम्म ट्र्याक खुल्न बाँकी थियो, त्यो खुलेको छ । गैंडाकोटदेखि राम्दीसम्म कालोपत्रे करिब १ सय ३२ किमी करिब सम्पन्न भइसकेको छ । १९ किमी रहेको राम्दीदेखि रानीमहलसम्मको ठेक्का कालोपत्रे गर्ने चरणमा हामी छौं । अबको दुई वर्षभित्र नारायणघाट गंैडाकोटदेखि मालढुङ्गासम्म कालोपत्रे सडक निर्माण भइसकेको हुनेछ ।’

उनले कालीगण्डकीमा बेनीदेखि माथि पहिरो जाने, कतै कडा चट्टान र हिजोआज जाडो मौसमका कारण कामको प्रगति न्यून रहेको जानकारी दिए । त्यस्तै यस वर्षको बजेट ३७ अर्बले घटेर आएको र कन्ट्रयाक्टरहरु हिँड्न थालिसकेको बताए ।

सचिव शर्माले हुम्लाको सिमकोटमा सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेको भन्दै हिल्सासम्म ट्रयाक खोल्न चिनियाँ सरकारको सहयोग लिएको बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : ०३ बजे