Logo

खेलकुद

एसियन कप फुटबल : अस्ट्रेलियासँग भारत २—० ले पराजित



काठमाडौं । कतारमा जारी एफसी एशियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २—० गोल अन्तरले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

५० औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो । भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गरेका थिए ।

७३ औं मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २—० को जितका साथ प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो ।

अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हावी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६ औं मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो ।

जितपछि समूह बीमा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०६ बजे