Logo

समाचार

विदुषी राणा नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्त



काठमाडौं । गोल्डस्टार शूज’को कार्यकारी निर्देशक विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छन् । रिपब्लिक अफ आइसल्याण्ड सरकारले राणालाई नेपालका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

राणा किरण सुज (गोल्डस्टार शूज)को कार्यकारी निर्देशक हुन् । उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ४१ बजे