Logo

खेलकुद

दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत ७ विकेटले विजयी



काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट सिरिजमा भारत ७ विकेटले विजयी भएको छ । केप टाउनमा दोस्रो दिनमै सकिएको खेलमा भारतले सहज जित निकाल्दै सिरिज १–१ को बराबरीमा टुंगिएको छ ।

दक्षिण अफ्रिका पहिलो पारिमा ५५ रनमा समेटिएको थियो । पहिलो दिननै भारतले पहिलो पारिमा १५३ रन बनाएको थियो । पहिलो पारिमा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारिमा जम्मा १७६ रन बनाउँदा भारतले ७९ रनको सामान्य लक्ष्य पाएको थियो ।

भारतलाई जित दिलाउन यशस्वी जयसवालले २८ रन बनाउँदा विराट कोहली १२ तथा शुभमन गिल १० रनमा आउट भएका थिए ।

कप्तान रोहित शर्माले नटआउट १७ रन बनाउँदा श्रेयस अय्यर पनि नटआउट ४ रन बनाएर फर्किए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा, नाद्रे बर्गर र मार्को जेनसनले एक एक विकेट लिए ।

दोस्रो पारिमा दक्षिण अफ्रिकाका एडन मार्करले शतकीय पारि खेलेका थिए । उनले १०६ रन बनाए । यसैगरी डिएन एल्गरले १२ रन बनाउँदा डेडिभ वेलिङघम र मार्को जेनसनले समान ११–११ रन बनाए । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

भारतका जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिँदा मुकेश कुमारले २ विकेट लिए । यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : २० बजे