Logo

Breaking News 1

नेपाल–भारतको सम्बन्धबारे ठोस रुपमा कुराकानी भयो : प्रधानमन्त्री



काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । मन्त्री जयशंकरसँग सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत बीचको सम्बन्धका बारेमा ठोस रुपमा विचार अदान प्रदान भएको बताएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौँ आइपुगेका मन्त्री जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका थिए । अहिले उनी याक एण्ड यति होटलमा आयोजित दुई देशबीचको संयुक्त आयोगको बैठकमा सहभागी भएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ३ : ०७ बजे