Logo

खेलकुद

एथ्लेटिको मड्रिडमाथि जिरोनाको रोमाञ्चक जित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को नाटकीय जित निकालेको छ ।
जितसँगै जिरोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग अंक बराबरी गर्दै दोस्रो स्थानमा यथावत रहेको छ ।

दुवै टिमको समान ४८ अंक रहेको छ । पराजित भएको एथ्लेटिको मड्रिड भने ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

बुधवार राति जिरोनाले एथ्लेटिको मड्रिडमाथि सुरुदेखि नै दबाब बनाएको थियो । वालेरी फर्नान्डीजले दोस्रो मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिडले खेल बराबरी गरेको थियो । २६ औं मिनेटमा साभियो मुरेराले गोल गर्दै जिरोनलाई २–१ ले अघि बढाएका थिए । ३९ औं मिनेटमा डेली ब्लाइन्डले गोल गरेपछि ३–१ को अवस्थामा पुगेको थियो ।

४४ औं मिनेटमा एथ्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले गोल गर्दै अन्तर ३–२ मा ल्याएका थिए । ५४ औं मिनेटमा मोराटाले ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इभान मार्टिनले गोल गरेपछि जिरोना ४–३ को जित निकाल्न सफल भयो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ०४ बजे