Logo

Breaking News 1

महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । आज (मंगलबार) महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् ।

साथै, उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्त संवेदनशील मन्त्रालय भएको बताए । उक्त मन्त्रालयलाई आवस्यकता अनुसार प्राथमिकता दिन नसकिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले आगामी दिनमा प्राथमिकता दिनेगरी पुनर्संरचनाको आवस्यकता औंल्याए ।

महिला अधिकार सुदृढ बनाउनका लागि महिलालाई आयआर्जनमा जोड्न र आत्मनिर्भर बनाउन आवस्यक रहेको उनले बताए । ‘महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्नुस्,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, दुर्गम क्षेत्रका गरिब परिवारका गर्भवती महिलाले समयमै उपचार नपाएर मर्न पर्ने अवस्थाको अन्त्य गर्नेतर्फ लाग्नसमेत उनले आग्रह गरे ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ०० बजे