Logo

Breaking News 1

कान्तिपुर मिडियाविरुद्ध रविले दायर गरे मुद्दा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन् । काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेका हुन् ।

लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा पनि संलग्न नरहेको दाबी गरेका छन् । उनले नियोजित रूपमा आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा हालेको बताएका छन् ।

सामाजिक सञ्जालमा तारिख पर्चासहित सार्वजनिक गरेका रविले आफू जीवनभर प्रेस स्वतन्त्रताका पक्षमा लड्ने उद्घोष गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  २ : ५८ बजे