Logo

Breaking News 1

काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

आजबाट सुरु भएको प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा महानगरभित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्रा सहभागि भएका छन् ।

जसअन्तर्गत भलिवल ८ सय जना, कवड्डी ८ सय जना, तेक्वान्दो  ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना सहभागि छन् ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरु  दशरथ रङ्गशालामा, कराँते र उसु खेल रंगशालाको कभर्ड हलमा खेलइने छन् ।

त्यस्तै, छात्रछात्रा कवड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक, न्योखा, क्षेत्रपाटीमा खेलाइने छन् ।

त्यसैगरि, पुरुष भलिवल खेल कन्या विद्याश्रम मावि डिल्लीबजारमा तथा तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा खेलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ३९ बजे