Logo

Breaking News 1

नेताबाटै गणतन्त्रलाई खतरा : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउन लडेकाहरुबाटै यो व्यवस्थालाई जोखिम भएको बताएका छन् ।

कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्रको सीमाभित्र सुशासन दिन सकिने भए पनि त्यो गर्न नसकेको जनताका अगाडि इमान्दारीपूर्वक स्वीकार गर्नुपर्ने बताए ।

बीपी कोइरालाले अगाडि बढाएको अभियानलाई आत्मसात गरेर अगाडि बढन नसकेको भन्दै जनता र राज्यलाई केन्द्रमा राखेर राजनीति नगर्ने हो भने बीपीको नाम मात्रै लिएर केही नहुने उनले बताए ।

उनले भने, ‘बीपीले जुन अभियानको लागि संघर्ष गर्नुभयो त्यसलाई हामीले आत्मसात गरेर अगाडि बढ्या छौ जस्तो मलाई लागेको छैन । राजनीति गर्ने भनेको जनता र राज्यलाई केन्द्रमा राखेर गर्ने हो यसरी हामी राजनीति गर्दैनौ भने हामीले बीपीको नाम लिनुको अर्थ के हुन्छ ।’

नेपाली कांग्रेसले वामपन्थीलाई हेर्ने दृष्टिकोण फरक थियो र वामपन्थीको पनि कांग्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको बिगतको चर्चा गर्दै उनले सबैलाई एउटै स्थानमा लोकतन्त्रले ल्याएको उनले बताए । कांग्रेस र वामपन्थीबीचको एकता मुख्य योजना भनेको लोकतन्त्र, गणतन्त्र भएको भनाइ उनले राखे ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५४ बजे