Logo

Breaking News 1

मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघमा



बारा । मनहर्वा गोल्डकप फुटबलको तेस्रो संस्करण आउँदो माघमा आयोजना हुने भएको छ । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ वडहर्वा फुटबल मैदानमा  मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।

आयोजक मौवा देवी युवा क्लब, वडहर्वाका अनुसार, प्रतियोगितामा विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै, हरेक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र खेलको सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

वडहर्वा क्षेत्रकै पुरानो मध्येको प्रतियोगिता मानिने यो गोल्डकप ९ वर्षदेखि आयोजना हुन सकेको थिएन ।

२०६९ सालमा पहिलो र २०७१ मा गोल्डकपको दोस्रो संस्करण भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ०० बजे