Logo

Breaking News 1

राज्यसंयन्त्र नै आफुहरु बिरुद्ध प्रयोग भइरहेको छ : अध्यक्ष क्षेत्री



काठमाडौं। पूर्ब अरनिको यातायात सेवा प्रालिका अध्यक्ष केदार क्षेत्रीले अन्य यातायात ब्यबसायीहरुसंगको मिलेमतोमा राज्यसंयन्त्रसमेत आफुहरु बिरुद्ध प्रयोग भइरहेको आरोप लगाउनुभएको छ।

सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि आफुहरुले नयाँ योजना अघि सारेर त्यसलाई कार्यान्वयनमा ल्याउँदा त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा प्रहरी प्रशासनले उल्टो हतोत्साहित गर्ने गरेको आरोप लगाउंदै क्षेत्रीले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने,- ‘यस पछाडीको एउटै मात्र कारण अतिरिक्त लाभ लिने मात्रै हो।’ दुर्घटना लगायतका अन्य कारण देखाएर राजनीतिक दलका नेता र प्रहरीले पैसाको बार्गेनिङ नै मात्रै गर्ने गरेको उनको भनाई थियो।

भरपर्दो,बिश्वाशिलो र आरामदायी सेवा पूर्ब अरनिको यातायातको एकमात्र प्रतिबद्धता हो।यो पूरा गरेपछि हामीले निर्धारण गरेका गन्तब्यका झन्डै असी प्रतिसत यात्रु हामीप्रति आकर्षित छन्।यसले गर्दा कतिपय व्यावसायिक संस्थाहरुले स्थानीयलाई हामी बिरुद्ध प्रयोग गर्ने र प्रशासनले पनि हामीलाई नै घेराबन्दी गर्ने काम गरिरहेको छ,यो स्वीकार्य छैन’-अध्यक्ष क्षेत्रीले भने।

दुर्घटना कहिलेकांहि चालक र कहिले काहीं अर्कैका कारण पनि हुन सक्ने बताउंदै उनले दुर्घटना भएर ब्यबसायी र पीडित पक्षबीच क्षतिपूर्तिको सवालमा समझदारी भइ सके पनि त्यसलाई भाँडेर राजनीतिक दलका नेता र प्रहरीले अनावश्यक बार्गेनिङ गरेर दुःख दिने गरेको बताए।

अधिकांश दुर्घटनाको कारण पैदलयात्री र दुई पाँग्रे सवारी साधन हुने गरेको बताउंदै उनले भने पुस ९ गते सिन्धुलीमा दुई जनाको ज्यान जाने गरी भएको दुर्घटनामा अरनिको यातायातको कुनै कमजोरी नभएको दावी गरे।रामेछापबाट आउंदै गरेको बागमती प्रदेश ००६९,४५९३ नम्बरको अरनिको यातायातमा बिपरित दिशाबाट आईरहेको मोटर साईकल आफैं ठोक्किएर दु:खद दुर्घटना भयो,मोटरसाइकल चालकसंग लाईसेन्स पनि थिएन तर केहिले उकासेर हाम्रो गाडीमा आगजनी गर्दा पनि प्रहरी टुलुटुलु हेरेर मात्रै बस्यो,यसको कारण के हो? उनले प्रश्न गरे।बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गर्दा दुई युवाले ज्यान गुमाउनु पर्‍यो, तर जनताले ६०/७० लाख तिरेर किनेको गाडी जलाउँदा त्यसलाई रोक्ने प्रयास प्रहरीले गर्नुपर्दैन ? उनको आक्रोश थियो।

काठमाडौं महानगरपालिकाले जडिबुटीमा बनेको बसपार्क सञ्चालनका लागि अझै अनुमति नदिएको उनको गुनासो थियो।अरनिको यातायातले सेवा दिई रहेका क्षेत्रका ७५ वटा स्थानीय तहले बसपार्क त्यहीँ राख्नु उपयुक्त छ भनेर सिफारिस गरेका छन्।बागमती प्रदेशका मुख्यमन्त्री र यातायात मन्त्री लगायत अन्य सांसदहरुले बसपार्कको अवलोकन गरेर यो कार्यको प्रशँसा गरेका छन् ।तर कसैले पनि यस्लाई लिखित रूपमा स्वीकृति प्रदान गर्ने प्रयास नगर्दा म आश्चर्यचकित भएको छु,-क्षेत्रीले भने।

पूर्ब अरनिको यातायात प्रालिसंग झण्डै सात सय सवारी साधन रहेको र यी सवारीसाधनले अहिले १३ वटा जिल्लालाई प्रमुख गन्तव्य बनाएको जानकारी दिंदै अध्यक्ष क्षेत्रीले बसपार्क सञ्चालनको स्वीकृति पाएपछि एक बर्षभित्रमा सेवा बिस्तार गरेर २५ जिल्लामा पुर्‍याउने बताए।

अरनिको यातायातले आजैबाट जडीबुटी बसपार्कबाट बिराटनगरसम्मको दैनिक यात्रा शुभारम्भ गर्नुका साथै काठमाडौंको कपन र जोरपाटीमा टिकट काउन्टरको उद्घाटन समेत गरेको छ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ५ : २२ बजे