Logo

समाचार

अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ



काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सामाखुसिबाट पक्राउ गरेको हो ।

अधिकारीले वैदेशिक रोजगारीको प्रलोभन देखाई मासिक ३ लाख ५० हजार भन्दा धेरै तलब हुन्छ भनि विश्वास दिलाई ३० लाख लाग्ने भन्दै पीडितबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ४५ बजे