Logo

समाचार

भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु



विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–५ मा भीरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक स्थानीय २७ वर्षीय तीर्थबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

को २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु–१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भीरबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : ०९ बजे