Logo

समाचार

पानीमा डुबेर बालिकाको मृत्यु



विराटनगर । पानीमा डुबेर बालिकाको मृत्य भएको छ । मोरङको जहदा गाउँपालिका–३ भातिगन्जमा फुदन हस्दाsL १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।

यसैबिच,बालिका खेल्ने क्रममा सिल्भरको भाडामा राखेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए । मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : ०८ बजे