Logo

Breaking News 1

सन्दीपको मुद्दामा जाहेरवालातर्फबाट बहस सकियो, बिहीबार प्रतिवादीतर्फबाट हुने



काठमाडौं । सन्दीप लामिछानेको मुद्दाको फैसला सुनुवाई बुधबार पनि हेर्दाहेर्दैमा सकिएको छ। जाहेरवालातर्फबाट १० जनाले बहस गरेपछि प्रतिवादी सन्दीपका तर्फबाट बहस सुरु भएको थियो।

अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका बेला बुधबारको समय सकिएको थियो। अब बिहीबार सन्दीपका कानुन व्यवशायीले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवशायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरी जवाफी बहस हुने छ।

त्यसपछि न्यायधिशले फैसला सुनाउनेछन्। सन्दीपको मुद्दामा आइतबारदेखि बसह सुरु भएको हो।

सोमबार र मंगलबार सार्वजनिक विदा परेका कारण बुधबारदेखि सुनुवाई सुचारु भएको हो। जाहेरवालातर्फबाट दुई जना सरकारी वकिल र ८ जना निजी वकिलले बहस गरेका छन्। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ,शम्भु थापा, कृष्ण सापकोटालगायतले बहस गर्ने तयारी छ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ५ : १४ बजे