Logo

Breaking News 1

प्रधानमन्त्री कपमा एपीएफको जित



काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा विभागीय  क्लब एपीएफले लगातार चौथो जित निकालेको छ । कोशी प्रदेश भने पहिलो हार ब्यहोर्न बाध्य बन्यो । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफमा एपीएफले १७.३ ओभरमा २ विकेट गुमाएर ९० रन बनाउँदै जित निकाल्न सफल भयो ।

पहिला ब्याटिङ गरेको कोशीका लागि कप्तान रुविना क्षेत्रीले ४१ रनको पारि खेलिन् । उनले ५८ बल फेस गर्दा ६ चौकाको मद्दतले ४१ रन बनाएकी हुन् । उनलाई करुणा भण्डारीले सीता रानामगरको हातबाट क्याच आउट गराउँदै पभेलियन पठाइन् । यसैगरी अप्सरी बेगमले १५ बलमा १३ रन बनाइन् । उनी सोनु खड्काको बलिङमा इन्दू बर्माबाट क्याच आउट भइन् । यस्तै, काजल श्रेष्ठले ४६ बलमा २५ रनको नटआउट पारि खेल्दा १ छक्का प्रहार गरेकी थिइन् । त्यस्तै सबन राइले १ बलमा १ रनको नटआउट पारि खेलिन । सोनु खड्का र करुण भण्डारील्े एक एक विकेट लिए ।

जवाफमा एपीएफका लागि ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गर्दै खेल अघि बढाएका थिए । सिटा २२ बलमा १ छक्का र २ चौकाको मद्दतले १८ रन जोडेर आउट भइन् । ज्योती पाण्डले ३९ बलमा २४ रनको योगदान गरेकी थिइन् । अन्त्इमा इन्दू बर्मा र रोमा थापाले एपीएफलाई सहज जित दिलाए । इन्द्र ३४ बलमा ३६ रनको नटआउट पारि खेल्न सफल भइन् । उनले २ चौका २ छक्का प्रहार गरिन् । यसैगरी रोमाले १० बलमा १० रन बनाएकी हुन् ।

कोशीका लागि एलिसा खड्का र निशा साहले एक एक विकेट लिए ।

जितपछि एपीएफ ८ अंकका साथ शीर्ष स्थानमा रहँदा कोशी प्रदेश ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दुवै टिमले ४–४ खेल खेलेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ३१ बजे