Logo

Breaking News 1

नेकपा एसको सचिवालय बैठक आजपनि बस्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

पुष २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल गर्दै आएको छ । महाधिवेशन केन्द्रीत विधान संशोधन, विधि, संरचना लगायतका बारेमा छलफल भइरहेको बताइए पनि सचिवालयले यी विषयलाई टुंग्याउन सकेको छैन ।

तीन गते बसेको सचिवालय बैठकले पूर्व निर्धारित केन्द्रीय परिषद् बैठक र अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेका थियो ।

आज ११ बजेपछि बस्नेगरी स्थगित बैठक पार्टी कार्यालय आलोकनगरमा बस्दै छ ।
आजको बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि छलफल जारी रहने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ५९ बजे