Logo

Breaking News 1

कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने बताए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने दाबी गरे । उनले सबै मन्त्रालयलाई बोलाएर कामहरु कसरी भएका अब ठिक ढंगले भएको छ कि छैन् हेरेर मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने दाबी गरे ।

उनले भने, ‘१० गते मेरो १ वर्ष पुरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु । मैले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनिहरुका कामहरु कसरी भएका छन् । अब ठिक ढंगले काम भएन । आफुले प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पुरा गरेका छैनन् । त्यस्ता मन्त्रालयलाई पुनर्गठन गरेर मन्त्री फेरेर भएपनि कामलाई गति दिने तिर मैले प्रतिबद्धता व्यक्त गरेको छु । ’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : २९ बजे