Logo

खेलकुद

फागुन २४ र २५ मा ‘नेपाल इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४’ हुने



काठमाडौं । पिकलबल एसोसिएसन नेपालले ‘नेपाल इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४’ आयोजना गर्ने भएको छ ।

शुक्रबार पिकलबलले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी फागुन २४ र २५ मा ‘नेपाल इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४’ आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष मुकुन्दप्रसाद भण्डारीले खेलको जन्म पर्यटनसँग जोडिएर भएको कारण नेपालमा खेल क्षेत्रको सम्भावना धेरै देखेको बताए ।

उनले भने, ‘यो खेल पर्यटनसँग जोडिएको छ । जन्म नै पर्यटनसँग जोडिएर भएको हो । त्यसैले नेपालको जुन खेल पर्यटन छ, यसमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने महशुस गरे ।’

उनले टुर्नामेन्टमा मेडलको मात्र व्यवस्था गरेको भए पनि खेलाडीहरुको सम्मान गर्नका लागि भने कुनै कन्जुस्याईँ नगर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो कति पुरस्कार दिने भन्ने कुनै योजना छैन । क्षमता पनि छैन । हामीले मेडलको मात्र व्यवस्था गरेका छौं । खेलाडीहरुलाई सम्मान गर्नका लागि भने हामी कुनै कन्जुस्याईँ गदैनौं ।’

पिकलबल एसोसिएसन नेपालले ‘नेपाल इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४’ आयोजना गर्ने भएको छ ।

शुक्रबार पिकलबलले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी फागुन २४ र २५ मा ‘नेपाल इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४’ आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष मुकुन्दप्रसाद भण्डारीले खेलको जन्म पर्यटनसँग जोडिएर भएको कारण नेपालमा खेल क्षेत्रको सम्भावना धेरै देखेको बताए ।

उनले भने, ‘यो खेल पर्यटनसँग जोडिएको छ । जन्म नै पर्यटनसँग जोडिएर भएको हो । त्यसैले नेपालको जुन खेल पर्यटन छ, यसमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने महशुस गरे ।’

उनले टुर्नामेन्टमा मेडलको मात्र व्यवस्था गरेको भए पनि खेलाडीहरुको सम्मान गर्नका लागि भने कुनै कन्जुस्याईँ नगर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो कति पुरस्कार दिने भन्ने कुनै योजना छैन । क्षमता पनि छैन । हामीले मेडलको मात्र व्यवस्था गरेका छौं । खेलाडीहरुलाई सम्मान गर्नका लागि भने हामी कुनै कन्जुस्याईँ गदैनौं ।’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ०५ बजे