Logo

खेलकुद

मेक्सिन क्लबसँग बार्सिलोना पराजित



काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले मेक्सिन क्लब अमेरिकासँग मैत्री पूर्ण खेलमा पराजय भोगेको छ ।

आज विहान भएको खेलमा बार्सिलोना क्लब अमेरिकासँग ३–२ गोल अन्तरले पराजित भएको हो । बार्सिलोनाले दुई पटक अग्रता बनाउँदा पनि जोगाउन असफल रह्यो ।

बार्सिलोनाका स्ट्राइकर लामिने यमालले गोल गर्दै छैटौं मिनेटमा अग्रता दिलाएका थिए ।

तर, १२ औं मिनेटमा क्लब अमेरिकाका जुलियन क्युनोसले बराबरी गेल गरेका थिए । २८ औं मिनेटमा बार्सिलोनाले फेरि अग्रता लियो । यस पटक मार्क गिउले गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा  जोगाउन असफल भयो ।

५० औं मिनेटमा क्लब अमेरिकाका जुलियन क्युनोसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

८२ औं मिनेटमा हेनरी मार्टिनले गोल गरेपछि क्लब अमेरिका ३–२ ले अघि बढ्यो । त्यसपछि थप गोल नभएपछि मैत्रीपूर्ण फुटबलमा बार्सिलोना क्लब अमेरिकासँग पराजित भयो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ११ : ३२ बजे