Logo

Breaking News 1

जडिबुटीजन्य वस्तु उत्पादन तथा प्रशोधनलाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्सपो मेलाले नेपालमा उत्पादित जडिबुटिजन्य वस्तुहरुलाई प्रशोधन र प्रवद्र्धन गर्न मद्दत गर्ने बताएका छन् ।

तेस्रो नेपाल फार्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो २०२३ को अनुगमन गर्ने क्रममा उनले भारतीय व्यवसायीहरुले मेला मार्फत नेपालमा लगानी गर्ने चाहना व्यक्त गरेको भन्दै यसले दुवै देशलाई फाइदा हुने बताए ।

नेपालको अर्थतन्त्र सुस्त रहेको अवस्थामा यो मेलाले मेडिकल टुरिजमदेखि हरेक क्षेत्रको विकास गर्न सहयोग गर्ने पनि उनको भनाई छ ।

उनले आगामी दिनमा भारतीय कम्पनीहरुसँग नेपाल चेम्बर अफ कमर्श सहकार्य गरेर मुलुकको उत्तपादन विधिको लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ३ : २७ बजे