Logo

खेलकुद

एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेस अब हरेक वर्ष पोखरा–१३ मा



पोखरा । पोखरा एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेस अब हरेक वर्ष पोखरा–१३ मा हुने भएको छ ।

पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं= १३ बीच यस्तो सम्झौता भएको हो ।

हालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा–१३ मा नै उक्त प्रतियोगिता आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।

खेल मार्फत पोखरा–१३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे ।

वडाबासीलाई थोरै भए पनि आम्दानीको बाटोमा अग्रसर गराउन उक्त प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास उनको छ ।

पोखरा–१३ सँग मिलेर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो साइकल रेस प्रतियोगिता गर्ने सम्झौता गर्न पाउँदा खुशी लागेको एन्ड्युरो अन्तर्राष्ट्रिय साइकल रेस प्रतियोगिताका आयोजक सदस्यहरले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १ : ४३ बजे