Logo

Breaking News 1

म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराँती



काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुधबार एक कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा परेपछि उक्त अभिव्यक्तिलाई थप प्रस्ट पारेका छन् । मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन् ।

अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उनले बताए । उनले अहिले आफू सबैको अभिभावक रहेको र  सबै अस्तित्वको सम्मान गर्ने प्रस्ट पारेका छन् । 

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १२ : ५५ बजे