Logo

Breaking News 1

हेटौंडा सिमेन्टलाई एक बोरामै १५० रुपैयाँ घाटा  



काठमाडौं । सरकारी सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरीरहेको छ ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन् ।

प्रविधिको सुधारमा लगानी बढाउन नसक्दा उद्योग धरासायी भएको उनले जिकिर गरेका छन् । समितिको बैठकमा हेटौंडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ५० बजे