Logo

Breaking News 1

कोशी प्रदेश सबैलाई बीमाको पहुँचमा पुर्याइने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहु“चमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहु“च पुर्याउने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले बीमा पहु“चमा हुनेको भन्दा पनि नहुनेको घरसम्म पुर्याउनु ुपर्ने र सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बंगुरको बीमामा भूक्तानीका लागि बीमा कम्पनीहरुले निकै झन्झटिलो अवस्था निर्माण गरेको प्राधिकरणको ध्यानाकर्षण गराए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायतका भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी सावित भएकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

सिलवालले बीमा गरिएका बाख्रा र बंगुर मरेपछि किसानहरुले अत्यधिक मूल्य दावी गर्ने गरेकाले चुनौतिपूर्ण भएको स्विकारे । उनले सडक तथा भौतिक संरचना निर्माण क्षेत्रको बीमामा भएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष सिलवालले चुक्ता पू“जी जीवन बीमाको ५२ अर्ब १६ करोड र नीर्जीवन बीमाको २६ अर्ब ६ करोड रहेको बताए । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी ११ हजार ४९९ जनाले प्राप्त गरेको उनले सुनाए ।

मुलुकमा तेस्रो पक्ष मोटर बीमा र वैदेशिक रोजगार बीमा अनिवार्य गरिएको सिलवालले जनाकारी गराए । उनले सरकारी तथा निजी सम्पत्तिहरुको बीमासम्बन्धी उच्चसतरीय अध्ययन कार्यदल गठन भएको र त्यसले दिएको प्रतिवेदनको आधारमा काम अघि बढाउने प्राधिकरणको तयारी रहेको बताए ।

नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी २ र लघुबीमा कम्पनी ७ गरी कूल बीमा कम्पनीको संख्या ३७ छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ३२ बजे