Logo

Breaking News 1

एनसेलविरुद्ध अमरेशको रिट सुवेदीको एकल इजलासमा



काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ हुँदैछ । सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ रहेको हो ।

यसअघि मङ्सिर २६ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यतिबेला सो रिट अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको थियो।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : २७ बजे